देश

यातायात कार्यालयका पाँच बिचौलिया पक्राउ

काठमाडौं, भदौ २७–प्रहरीले ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात कार्यालयमा विचौलियाको रुपमा कामगर्ने पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जावलाखेल बस्ने धादिङका ४४ वर्षीय सुवर्ण थापासहित ५ जना छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured