देश

भारतीय बाँधका कारण हजारौ विगाह धानखेती बगरमा परिणत

कपिलवस्तु, भदौ २७–कपिलवस्तुमा भारतीय बाँधका कारण हजारौ विगाह धानखेती बगरमा परिणत भएको छ । सीमा क्षेत्रमा भारतीय बाँधका कारण कपिलबस्तु जिल्लाको यशोधरा गाँउपालिकाको ७ र ८ वडाको दुई हजार बिगाह भन्दा बढी खेती योग्य जग्गामा उब्जनी नहुने भएको छ । बाँधको पानीले महराजगंज नगरपालिकाको वडा नं. ८ र १० को ५ हजार बढी बिगाह खेती योग्य जमिनमा बालुवा भरिएका कारण खेत बगरमा परिणत भएको छ ।

भारतलाई पानी चहिएको बेलामा भारतले बाँधकोे ढोका पुरै खोल्ने र बर्षा याममा ढोका बन्द गर्दा नेपालको जमिन डुबान हुदै आएको छ । भारतको उत्तर प्रदेश सिद्धार्थनगर नजिकै झरुवा भन्ने स्थानमा भारतले १६ वटा बाँध निर्माण सुरु गरेपछि नेपालको खेती योग्य जमिन थप डुबानमा पर्ने भन्दै स्थानीय चिन्तित भएका छन् । बाँधकै कारण दक्षिणका २० गाँउ डुबानबाट प्रभावित हुने स्थानीय कृषकले बताएका छन् । बाँधले गर्दा बाणगंगा नदीको बहाव बस्ती तर्फ सर्दै गएपछि गाँउ नै बगाउने खतरा बढेको छ ।

Featured