देश

काठमाडौँको गोलढुंगामा गोली चल्यो, गुण्डा नाइके गुरुङ पक्राउ

काठमाडौं, भदौ २७-प्रहरीले गोली प्रहार गरेर काठमाडौँको गोलढुंगाबाट एक गुण्डा नाइके लाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार दिउँसो गोली प्रहार गरेर गुण्डागर्दीमा संलग्न नजोक भनिने उर्फ साजन गुरुङलाई पक्राउ गरेको हो। निर्माण व्यवसायीलाई धम्की दिएर पैसा असुली गर्ने गरेको उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेका गुरुङलाई महाशाखाको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

गुरुङ गोलढुंगामा रहेको सूचनाआधारमा पुगेको महाशाखाको टोलीसँग जम्काभेट भएपछि भाग्न खोजेका थिए। गुरुङमाथि दुई राउन्ड गोली प्रहार गरेको महाशाखाका पूमुख एसएसपी सहकुलबहादुर थापाले बताए।

उनले घाइते गुरुङलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको जानकारी दिए। गुरुङ पछिल्लो केहि समय देखि गोलढुंगालाई केन्द्र बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका थिए।

Featured