देश

पूर्वडीआईजी भट्ट बसन्तपुरबाट गिरफ्तार

काठमाडौं, भदौ २७–प्रहरीले पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) विजय भट्टसहित दर्जनौं सर्वसाधारणलाई काठमाडौंको बसन्तपुरबाट गिरप्तारमा गरेको छ । शुक्रबार इन्त्रजात्रा दर्शन गर्न राष्ट्रपति विद्यादेवि भण्डारी सवार हुने कार्यक्रमा विरोध जनाउन सक्ने भन्दै बाटोमा उभिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यक्रम विथोल्न खोज्ने उद्देश्यले सडकमा आएको आशंकामा उनीहरुलाई गिरफ्तार गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए । प्रहरीका अनुसार गुठी विधेयकलाई लिएर उनीहरुले विरोध गर्न खोजेका थिए । त्यही भीडमा पूर्वडीआईजी पनि परेको उनको भनाइ छ । पक्राउ परेकाहरुलाई प्रहरीले पुलिस क्लब भृकुटीमण्डपमा राखेर सोधपुछ गरिरहेको छ ।

Featured