देश

मनिग्रामले दियो विजयीलाई पुरस्कार, योजना दशैं–तिहारसम्म

काठमाण्डौं, भदौ २७–विश्वव्यापी मनिट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक मनिग्रामले नेपालमा सञ्चालन गरेको विशेष बजार प्रवद्र्धन योजनाका विजयीहरुलाई पुरस्कृत गरेको छ । मे महिनादेखि जुलाईसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम अन्र्तगत मनिग्रामका ग्राहकहरुलाई उनीहरुका कारोबार रकम हरेक हप्ता दोब्बर पार्ने अवसर प्रदान गरिएको थियो । यसका साथै मनिग्रामले २०७६ सालको दशैं–तिहारको उपलक्षमा नयाँ विशेष प्रवद्र्धन योजना घोषणा गरेको छ ।

‘नेपालीलाई देशभरी र देशबाहिर रहेका प्रियजनहरुलाई रकम पठाउन सहयोग गर्न महत्वपूर्ण भुमिका खेल्न सकेकोमा गौरवान्वित महसुस गर्दछौं, यसअघि सञ्चालन गरिएको प्रवद्र्धन योजनाका २४ जनाले दोब्बर रकम पाएकोमा म खुशी छु, यो प्रवद्र्धनलाई अझ अगाडी बढाउँदै दशैं–तिहार पर्व अवधीभर सबैजनासँग मनाउन हामीहरु क्रियाशील हुनेछौं,’ मनिग्रामका भारतीय उपमहाद्धीप, इण्डो चाईना र मलेसीयाका लागि क्षेत्रीय प्रमुख शेसागिरी (शुकेस) मालियाहले भने ।

१ सेप्टेम्बर (१५ भदौ) देखि सुरु भएको मनिग्रामको नयाँ योजना ३० नोभेम्बर (१४ मंसिर) सम्म सञ्चालन हुनेछ । यस अन्तरगत मनिग्राममार्फत रकम भुक्तानी पाउने सबैजना ‘ड्र’मा सहभागी भई आफूले पाएको रकमको दोब्बर बढी रकम जित्न सक्नेछन् ।

Featured