देश

हिजैदेखि मलेसिया रोजगारी खूल्यो, यस्तो हुनेछ अबको प्रक्रिया, लागत खर्च ‘शुन्य’

काठमाडौँ, भदौ २७-अघिल्लो बर्षको जेठ देखि बन्द रहेको मलेसिया रोजगारी खुलेको छ। लामो अन्योलतापछि खुलेको मलेसिया रोजगारीको लागतबारे म्यानपावर व्यवसायीमा चर्को बिरोधका बाबजुत बिहिबार मलेसियामा भएको सहमति अनुसार शुन्य लागतमै मलेसिया पठाउनुपर्ने लगायतका बिषयमा सहमति भएको हो।

बिहीबार सम्पन्न बैठकपछि श्रम मन्त्रालयका वार्तामा आवद्ध अधिकारीहरुले नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउने बताएका छन्। कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो। सो सहमतिमा नेपालका तर्फबाट सहसचिव राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए। घिमिरे सहित नेपालबबाट गएका श्रम मन्त्रालयका अधिकारीहरुले गत अक्टोबरकै सहमति अनुरुप मलेसिया रोजगारी खुला गर्न सफल भएको जनाएका छन्।

घिमिरेका अनुसार मलेसिया रोजगार बिहिबारबाटै खुला भएको छ। स्वास्थ्य परीक्षणका लागि बायो मेडिकल सेवा भएका सबै संस्थाले पाउँनेछन्। अहिले बायो मेडिकल ३६ वटा सँस्थामा उपलब्ध छ। यी सँस्थाहरुमा मलेसियाले अनुगमन गर्ने भएको छ। साथै आगामी नोभेम्बरसम्म थप नयाँ संस्थालाई पनि स्वीकृति दिईने छ।

यस्तो हुनेछ अबको प्रक्रिया
अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको नेपाली कामदारका लागि मलेसिया स्थित नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन्।

मागपत्रको आधारमा नेपाली दूतावासले प्रमाणीकरण गरेपछि उक्त प्रमाणीकरणको आधारमा वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ।

त्यस्तै मलेसियामा सुरक्षा गार्डको रुपमा जाने नेपालीहरुको प्रकृया पुरानै तरिकाले हुनेछ।

Featured