देश

माथिल्लो सगरमाथामा ३ वटा विमानस्थल प्रयोग बिहीन

काठमाडौं, भदौ २७-माथिल्लो सगरमाथामा निर्माण गरिएका ८ वटा विमानस्थलहरुमध्ये ३ वटा विमानस्थल प्रयोग विहीन भएका छन्। बिगतमा निर्माण भएर फाट्टफुटट उडान हुने गरेपनि अहिले भने पर्याप्त संरचनाको अभावमा सोलुखुम्बुका दुई वटा र खोटाङको एउटा बिमानस्थलमा हवाई उडान हुन छाडेको हो।

भौगोलिक बिकटताका कारण हवाई मार्फत यातायातको सुबिधाको निम्ती निर्माण गरिएका बिमानस्थलहरु बन्द रहेका छन्। ४ वटा बिमानस्थल रहेको सोलुखुम्बुमा हाल दुई वटाबाट मात्र हवाई उडान हुने गरेका छन। सोलुखुम्बुको फाप्लु बिमानस्थल र तेन्जिङ हिलारी बिमानस्थल लुक्लाबाट मात्र उडान हुदै आएको छ। जिल्लामा रहेका स्याङबोचे र कांगेल बिमानस्थल भने लामो समय देखि बन्द अवस्थामा रहेका छन्।

त्यस्तै महाकुलुङको गुदेलमा प्रस्ताबित बिमानस्थल भने निर्माणको प्रक्रियामा रहेको छ। स्याङबोचे विमानस्थलमा अहिले कार्गो हेलिले फाप्लुबाट समान ओसारपसार गरिरहकोे सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि)का उपाध्यक्ष लामाकाजि शेर्पाले जानकारी दिनुभयो। रनवे नपुग्ने भएकाले प्लेनले उडान नभरेको करीब १२ वर्ष भएको शेर्पाको भनाई छ।

उता खोटाङमा निर्माण भएका ३ वटा विमानस्थलमध्ये दुईवटा मात्र सञ्चालनमा रहेका छन्। थामखर्क विमानस्थल र लामिडाडा विमास्थल संचालनमा रहेका छन भने मनमाया राई खानिडाँडा बिमालस्थल स्तरोन्नितको बाहानमा बन्द रहेको खोटाङ सहकर्मी दिलिप खत्रिले बताउनुभयो।

यस्तै ओखलढुङ्गाको रुम्जाटारमा रहेको रुम्जाटार बिमानस्थलबाट साप्ताहिक उडान भैरहेको छ भने खिजिदेम्बा गाउँपालिकाको खिजिचण्डेश्वरी विमानस्थल निर्माणधिन अबस्थामा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरण ओखलढुङगाले जनाएको छ।

Featured