देश

रोजगारीका लागि एकै महिनामा ३२ हजार नेपाली बिदेसिए

काठमाडौं, भदौ २६–एक महिनामै रोजगारीका लागि ३२ हजार नेपाली बिदेसिएका छन् । साउनमा ३२ हजार ४०८ जना नेपाली रोजगारीका लागि खाडी तथा मलेसियालगायतका मुलुकमा पुगेको अर्थ मन्त्रालयले जनाएको हो । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले कम हो । त्यस्तै अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पनि १६.६ प्रतिशतले घटेर १७ हजार ३७१ भएको छ ।

तीन वर्षयता रोजगारीका लागि बिदेसिने नेपालीको संख्या क्रमशः घट्दै गएको छ । आर्थिक वर्ष २०७५र७६ मा मात्रै विदेश जाने कामदारको संख्या ३२.६ प्रतिशतले घटेको छ । आव ०७५र७६ मा २ लाख ४३ हजार ८६८ नेपाली कामका लागि बिदेसिएका थिए भने अघिल्लो वर्ष ३ लाख ६२ हजार २३ जना बारिहिएका थिए ।

Featured