देश

तिलोत्तमा नपाले लगानी सम्मेलनमा १९ वटा परियोजना प्रस्तुत गर्ने

बुटवल, भदौ २६–तिलोत्तमा नगरपालिकाले गर्न लगानी सम्मेलनको तयारी तीव्र पारेको छ । गत चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय लगानी सम्मेलनमा सहभागी भएपछि उत्साहित यस नगरपालिकाले पहिलो पटक आगामी असोज ९ गते लगानी सम्मेलन गर्दै छ ।

नगरपालिकाले लगानी सम्मेलनका लागि १९ वटा परियोजना छनोट गरेको छ । नगरपालिकाले कृषि उद्योग, शिक्षा, फोहोर मैला व्यवस्थापन, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित लगानी सम्मेलन गर्न लागेको हो । उक्त सम्मेलनमा नगरपालिकाले प्रस्ताव गरेका औद्योगिक ग्राम, एकीकृत कृषि उत्पादन संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहोर व्यवस्थापन, सिटी कलेज, बाल तथा महिला अस्पताल, एकीकृत ढाक्रेवास पर्यटकीय क्षेत्र, मासु प्रशोधन केन्द्र, प्रदेश ५ को प्रादेशिक बसपार्क, बिजनेस हब, रेलवे रिङरोड, स्मार्ट हाटबजार (तीनवटा), एकीकृत दुग्ध संकलन तथा प्रशोधन केन्द्रमा लगानी भित्र्याउन सम्मेलनमा प्रस्ताव प्रस्तुत गर्न लागिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

त्यसबाहेक नगरपालिकाले स्मार्ट पार्किङ स्थल, स्मार्ट बाल उद्यान (तीन स्थानमा) रोहिणी जलाशय एकीकृत पर्यटकीय स्थललगायतका १९ वटा परियोजना पनि प्रस्तुत गर्ने तयारी गरिएको छ । एकदिने लगानी सम्मेलनमा नेपालका राष्ट्रियस्तरका २ सय उद्योगी र विदेशी ५० जनाको सहभागिता हुने अपेक्षा नगरपालिकाले जनाएको छ ।

साविकका शंकरनगर, आनन्द वन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलीगढ गरी सातवटा गाविस मिलेर २०७१ सालमा स्थापित तिलोत्तमाको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरिएको बताउँदै सीमित बजेटका कारण निजीक्षेत्रको उपस्थितिलाई अझै व्यापक बनाउन र विकास साझेदार बनाउन लगानी सम्मेलन गर्नुपरेको घिमिरेको भनाइ छ ।

८० प्रतिशत तयारी पूरा
अहिलेसम्म लगानी सम्मेलनको ८० प्रतिशत तयारी पूरा भएको छ । लगानी सम्मेलनमा सहभागी हुन स्वदेशी तथा विदेशी लगानीकर्ता, विकास साझेदारलाई पत्राचार गर्ने काम अहिले तीव्रताका साथ अघि बढेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख घिमिरेको नेतृत्वमा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

म्मेलननका लागि तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा चेम्बर अफ कमर्स, तिलोत्तमा उद्योग वाणिज्य संगठनसँग मुख्य सहकार्य गरिएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । उनले जिल्लास्थित अन्य सबै उद्योग, व्यापार, पर्यटन सम्बद्ध संघसंस्थाबाट पनि सहयोग लिइएको बताए ।

Featured