विदेश

तीन दिनदेखि मलेसियामा जारि वार्ता सकियो, रोजगारी खुलाउने सहमती

क्वालालम्पुर, भदौ २५-नेपाली कामदारको लागि मलेसियाको रोजगारी खुलाउने विषयमा सहमति भएको छ। नेपाल र मलेसिया विच श्रम समझदारी अनुरुप बाँकि रहेका विषय टुंगो लगाउन दुई देश बिचको प्रविधिक कमिटिको बैठकमा सहमती भएको हो।

मलेसिया रोजगारी खुलाउन मंगलबारदेखि मलेसियामा बार्ता जारी थियो। तीन दिनसम्मको वार्तामा के-के सहमति भयो भन्ने बिषयमा कुनै कुरा सार्वजनिक गरिएको थिएन। अघिल्लो बर्ष जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियन उच्च अधिकारी सहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि गत सोमबार मलेसिया गएको थियो।

दुई देश बीचका प्रतिनिधि सहभागी भएको बैठकबाट मलेसियाको रोजगारीको ढोका खुला भएको हो। दुई देशको सहमतिसंगै अब नयाँ कामदारले बैदेशिक रोजगारीको लागि मलेसिया जाने बाटो समेत खुला भएको छ।

मलेसिया र नेपाल बीच भएको पछिल्लो सहमतिको बिषयमा थप जानकारी केहिबेरमा आउने छ।

Featured