देश

लघुवित्तले सर्वसाधारणलाई १५ प्रतिशत सेयर दिए हुने

काठमाडौं, भदौ २६–लघुवित्त संस्थाहरुले अब सर्वसाधारणलाई आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत मात्रै सेयर दिए हुने भएको छ । अहिलेसम्म लघुवित्त संस्थाहरुले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनै पर्ने कानूनी व्यवस्था थियो । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संसोधन गर्न प्रतिनिधिसभामा पेश गरेको विधेयकमा यस्तो व्यवस्था छ । अहिले कार्यान्वयनमा रहेको बाफियाको दफा ९ मा बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनै पर्ने भन्ने व्यवस्था थियो ।

नयाँ विधेयकमा नयाँ उपदफा थप गरेर लघुवित्त संस्थाहरुको लागि बेग्लै व्यवस्था गर्न लागिएको छ । नयाँ व्यवस्था अनुसार लघुवित्त संस्थाहरुले सर्वसाधारणको लागि छुट्टयाउने ३० प्रतिशत सेयरलाई शतप्रतिशत मानि त्यसको आधा परिमाणको सेयर आफ्ना सदस्यलाई दिन पाउने भनिएको छ । संसदमा पेश भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को संसोधन विधेयकमा यस्तो व्यवस्था छ । प्रतिनिधिसभा

Featured