देश

विप्लवका क्षेत्रीय कमान्डर वली पक्राउ

बर्दिया, भदौ २५-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका क्षेत्रीय इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लव नेकपाका ४ नम्बर क्षेत्रीय कमान्डर पुरणबहादुर वलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

४५ वर्षीय वलीलाई इलाका प्रहरी कार्यालय मोतीपुरले बासगढी नगरपालिका—५ ब्यारेल टोलबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी उपरीक्षक राजेश नाथ बाँस्तोला वलीलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका वली विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार अभियुक्त हुन्। पक्राउ परेका वलीलाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

Featured