देश

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ हेर्नुहोस्

काठमाडौं, भदौ २६-आज नेपाल राष्ट्र बैंकले जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९७ पैसा रहेको छ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ।

Featured