खेलकुद देश

डोरीतान प्रतियोगितामा सहभागि हुने नेपाली खेलाडीको विदाई

विराटनगर, भदौ २६–नेपालबाट पहिलो पटक विदेशी डोरीतान खेल प्रतियोगितामा नेपाली खेलाडी सहभागी हुन जाँदैछन् । प्रदेश १ बाट डोरीतान खेलका लागि खेलाडीहरू थाईल्याण्ड जान लागेका हुन्। ती खेलाडीहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाई गरेका छन् । थाइल्यान्डमा हुन लागेको १४ औं एसियाली डोरीतान खेल प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै थाईलेण्ड जानका लागेका १० खेलाडीलाई विदाई गरिएको हो ।

मोरङ जिल्ला डोरीतान संघको आयोजनामा भएको विदाई कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले खेलाडीहरुलाई जीतको शुभकामना पनि दिए । अन्तराष्ट्रिय स्तरमा पहिलो पटक सहभागिता जनाउन लागेको डोरीतान खेलका लागि नेपालबाट ८ खेलाडी २ बैकल्पिक, एक जना टिम मेनेजर सहित ११ जनाको टोली थाईल्याण्ड जादैछ । थाईलेण्डको आयुथा भन्ने स्थानमा आगामी भदौ २८ र २९ गते हुनलागेको १४ औं एसियाली खेल प्रतियोगीतामा नेपाली टोली सहभागी हुदैछन् । प्रतियोगितामा २० वटा राष्ट्रका खेलाडी सहभागी हुनेछन् ।

Featured