विदेश

इराकमा हुलदंगा हुँदा ३१ को मृत्यु, १०० घाइते

एजेन्सी, भदौ २६–इराकमा भएको एउटा भागदौडको घटनामा ३१ जनाको मृत्यु भएको छ । शिया मुस्लीम धर्मावलम्बीहरूको धार्मिक कार्यक्रममा भएको भागदौडका क्रममा सय जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ । धार्मिक कार्यक्रम भइरहेका बेला मध्याह्नको समयमा भागदौड भएको थियो ।

इमाम हुसेनको समाधिस्थलमा प्रवेश गर्ने बेलामा हजारौँ धर्मावलम्बी एकैपटक छिर्न खोज्दा समस्या भएको बताइएको छ । शिया मुश्लीम धर्मावलम्बीहरूले हरेक वर्ष हुसेनको वार्षिकी मनाउने गर्दछन् । घाइतेमध्ये केहीको छातीमा र केहीको टाउकोमा चोट लागेको बताइएको छ ।

Featured