देश

नेकपाको सचिवालय बैठक सुरु

काठमाडौं, भदौ २-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो।

पार्टी एकताका बाँकी काम अगाडि बढाउन र समसामयीक विषयमा छलफल गर्नका लागि बैठक बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

‘पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा नै बैठक केन्द्रित हुनेछ साथै पार्टीले देशभर सञ्चालन गर्ने भनेको अभियानका विषयमा पनि छलफल हुनेछ।’ सापकोटाले भने

Featured