खेलकुद विदेश

युरो कप छनोटमा फ्रान्स र इङ्ल्यान्डको सानदार जित

काठमाडौं, एजेन्सी, भदौ २५-फ्रान्स र इङ्ल्यान्डले युरो कप छनोटमा सानदार जित आत्मसात गरेका छन्। मंगलबार राति भएको समूह ‘एच’ को खेलमा फ्रान्सले एन्डोरालाई ३–० गोलले हराएयो।  यस्तै  समूह ‘ए’ को अर्को खेलमा इङ्ल्यान्डले कोसोभोलाई ५–३ गोलले हरायो।

फ्रान्सले सहज जित निकालेपनि यस खेलमा खेलमा एन्टोइन ग्रिजम्यानले पुनः पेनाल्टी मिस गरेका थिए। उनले यसअघिको खेलमा पनि पेनाल्टी मिस गरेका थिए। १८औं मिनेटमा किंग्सले कोमनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। क्लेमेन्ट लेङ्लेटले ५२औ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

विसम बेय येडरले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाएका थिए। जितसँगै ६ खेलबाट १५ अंक बनाएको फ्रान्स गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको टर्कीको समान १५ अंक छ। अंक विहिन एन्डोरा तालिकाको पुछारमा छ। समूह ‘ए’ कै अन्य खेलमा टर्कीले मोल्डोभालाई ४–० गोल र अल्बानियाले आइसल्यान्डलाई ४–२ गोलले हरायो। समूहमा आइसल्यान्ड १२ अंकसहित तेस्रो, नौ अंक बनाएको अल्बानिया चौथो र तीन अंक बनाएको मोल्डोभा तालिकाको पाँचौं स्थानमा छ।

यसैगरी समूह ‘ए’ मा रहेको युरो छनोटमा इङ्ल्यान्डको जितमा रहिम स्टर्लिङले आठौं, ह्यारी केनले १९औं मिनेटमा एक एक गोल गरे। जासोन सोन्चोले ४४औं र ४५औं मिनेटमा दुई गोल गरे। अर्को गोल ३८औं मिनेटमा कोसोभोका मेर्जिम भोजभोडाबाट आत्मघाती गोल सहयोग मिलेको थियो। कोसोभोका लागि खेलको पहिलो मिनेटमै भालोन बेरिसाले गोल गरेका थिए। दोस्रो गोल भोरोन वेरिसाले ४९औं र भेडाट मुरीक्वीले ५५औं मिनेटमा गरे।

समूह ‘ए’ कै अर्को खेलमा चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० गोलले हरायो। यस समूहमा चार खेलबाट १२ अंक बनाएको इङ्ल्यान्ड शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेकको चेक रिपब्लिबको पाँच खेलबाट नौ अंक छ। आठ अंक बनाएको कोसोभो तेस्रो स्थानमा छ। मोन्टेनेग्रो र बुल्गेरियाको समान दुई दुई अंक छ।

Featured