देश राजनीति

विप्लवका छोरा प्रकाश चन्द पक्राउ

चितवन, भदौ २५-प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन्। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकाले जनाएको छ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन्। सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ।

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीसहित अरुलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

Featured