NRNA खबर देश

लोयल्टीलाई दोस्रो विद्या संस्कार सिनियर ब्वाइज फुटसलको उपाधि

काठमाडौं, भदौ २४–लोयल्टी एकेडेमीले दोस्रो विद्या संस्कार सिनियर ब्वाइज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अत्तरखेलस्थित आयोजक विद्या संस्कारमा मंगलबार भएको फाइनलमा लोयल्टीले योङ हार्ट्सलाई १–० गोलले पराजित गरेको हो । लोयल्टीका तेन्जिङ दोर्जे तामाङले निर्णायक गोल गरेका थिए । प्रतियोगितामा एक्सेल्सियरका धीरज जोशी उत्कृष्ट खेलाडी, काठमाडौं भ्याली स्कुलका मिङमार छेवाङ तामाङ उत्कृष्ट गोलरक्षक र लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिताभर ४ गोल गरेका योङ हार्ट्सका दावा तामाङ सर्वा्धिक गोलकर्ता बने । डाफोडिलले अनुशासित टिमको उपाधि हात र्पायो । विजेतालाई एन्फा फुटसल कमिटीका को–अर्डिनेटर दावा लामा, विद्या संस्कारका संस्थापक निर्देशक एवं प्रिन्सिपल सुधीरकुमार झा, विद्या संस्कारका निर्देशकद्वय राजेश अधिकारी र सुरेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १६ टिम सहभागी थिए ।

Featured