देश

मकाउ पठाइदिने भन्दै लाखौं ठग्ने पक्राउ

काठमाडौं, भदौ २४–प्रहरीले मकाउ पठाइदिन्छु भन्दै विभिन्न नाम राखेर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ का विनोद बस्नेत र बिनोदमणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसी छन् । उनलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले मंगलबार हाँडीगाउँबाट पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारको सिलसिलामा आउने व्यक्तिहरूलाई मकाउमा वर्किङ भिसामा आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट १९ लाखभन्दा बढी रकम लिएर फरार रहेको उजुरी आएपछि पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले राजु केसी नामको ०५–५७०५८९ र विनोदमणि बस्नेतको नामको ०६–४८४७४५ नम्बरका छुट्टाछुट्टै सवारीचालक अनुमतिपत्रसमेत बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured