NRNA खबर देश

रुसमा हत्या गरिएका यादवको परिवारलाई सहयोग गर्ने एनआरएनए रुसको निर्णय

मस्को, सेप्टेम्बर १० – रुसको मस्कोमा गैर आवासिय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिव मणि भुर्त्यलको अध्यक्षतामा हिजो (सोमबार) सम्पन्न बैठकले गत मंगलबार कपिलवस्तुका राजकुमार यादव हत्याको भर्त्सना गर्दै यादव हत्याका दोषि उपर कडा भन्दा कडा करवाहीका लागि रुसी कानुनी निकायका आधिकारीहरु सँग आग्रह गर्ने निर्णय गरेको छ।

रुसको सरकारी निकाय रितुअल (शव गृह) मा रहेको यादवको शवलाई कानुनी प्रकयापुरा गरि नेपाल पठाउने, यादवको परिवारको सहयोगका लागि रुसमा रहेका गैर आवासीय नपाली संघमा आबद्ध नेपाली साथै विदेशी नागरिकहरुबाट राहत संकलन गरि परिवारलाई हस्तान्तरण गर्ने समेत बैठकले निर्णय गरेको छ ।

सो बैठकले विभिन्न किसिमले स्वतस्फूर्त रूपमा सहयोग संकलन गर्दै आएका सम्पुर्ण सहयोगी हातहरुलाई आभार प्रकट गर्दै संकलित सहयोग रकमहरू एकद्वार प्रणालीमर्फत पिडित परिवार समक्ष पुराउने दायित्व गैर आवासिय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदलेनै लिने भएकाले विभिन्न स्थानबाट हाल सम्म संकलित रकम र संकलन भैरहेको रकमहरू सोही संस्थाका कोषाध्यक्ष किरण रानाभाटको फोन नम्बर +79269133649 (Viber / Whats App)  तथा संस्थाका पदाधिकारीहरूसँग परामर्श गरी सहयोग गर्न समेत आग्रह गरेको छ ।

यो पनि पढ्नु होस  बाबु ५ बर्षदेखि साउदीमा बन्धक

Featured