देश

यू–१९ एसिया कपः युएईसामु नेपालद्वारा २८६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, भदौ २४–श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले यूएईलाई २ सय ८६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन जोडेपछि युएईले सो लक्ष्य पाएको हो । पहिलो बलमा नै ओपनर रित गौतमलाई शून्य रनमा गुमाएको नेपालले अर्का ओपनर पवन सर्राफलाई स्कोरबोर्डमा ८ रन हुँदा गुमाए पनि मध्य क्रमका ब्याट्सम्यानले राम्रो साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८४ बलमा १ छक्का र ९ चौकासहित ६७ रन बनाए भने सन्दिप जोराले ४८, आशिफ शेखले ४५, रासिद खानले ४४, कमलसिंह ऐरीले ४१ र कुशल मल्लले २२ रनको योगदान दिए । समूह चरणमा दुवै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिइसकेका दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाई मात्रै हो । यद्यपि दुवै टिम जितसहित घर फर्किन चाहन्छन् । युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Featured