देश शिक्षा

रेमोसद्वारा डेंगुको जनचेतना मुलक कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २४-देशका प्राय सबै ठाउँ डेंगुको संक्रमणले ग्रषित छ। डेंगुको प्रकोप एक्कासि बढ्दा आम सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ।

डेंगुको संक्रमणबाट हुने महामारीलाई मध्यनजर गर्दै रोहोटो कम्पनीको रेमोस ब्राण्डले डेंगु, मलेरिया, चिकनगुनिया जस्ता रोगहरुबाट संक्रमित हुनबाट के कसरी बच्न सकिन्छ भनेर नेपालका विभिन्न ठाउँमा आम सर्बसाधारण जनतामा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको थियो।

उक्त कार्यक्रममा सर्बसाधारण जनतालाई पानी जम्ने ठाउँको सरसफाई गरेर कसरी लामखुट्टेको प्रजननलाई न्यूनीकरण गर्न सकिन्छ भनेर पनि जानकारी गराइएको थियो।

उक्त कार्यक्रमले डेंगु र लामखुट्टे बाट लाग्ने अन्य रोगहरुको रोकथामका लागि बजारमा उपलब्ध विभिन्न उत्पादनहरूका बारे पनि जानकारी दिइयो। यो महामारीको समयमा समुदायलाई सहयोग पुर्‍याउने हेतुले गरिने यस्ता जनचेतना कार्यक्रम एक राम्रो कदमको रुपमा लिइएको छ।

Featured