देश राजनीति

सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट हुनु पर्ने : गच्छदार

मोरङ, रासस, भदौ २४–नेपाली काङ्ग्रेसका उपसभापति एवंम् प्रभावशाली नेता विजयकुमार गच्छदारले सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नु पर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सङ्घीयता राजनीतिक दलहरुका कारण धरापमा पार्न नहुने बताए। उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि भएको बताए।

उनले सरकारले अब जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिए। कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

Featured