देश

नेकपाका नेता बामदेव गौतमलाई पनि डेंगुको आश‌ंका

काठमाडौँ, भदौ २४-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ। उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए।

शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए। केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन्।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ।

Featured