खेलकुद विदेश

‘इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड लियोनल मेस्सीलाई

काठमाडौं, एजेन्सी, भदौ २४-‘इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड लियोनल मेस्सीले जितेका छन्। अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन्।

मेस्सीले युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो, लिभरपुलका भर्जिल भान डाइक र पीएसजीका केलियन एमबाप्पेलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्।

समर्थकले अरु तीन खेलाडी मध्ये मेस्सीलाई सर्वाधिक मन पराए। गतवर्ष यस अवार्ड रोनाल्डोले जितेका थिए। मेस्सीले हालै मात्र युईएफए वर्ष खेलाडी फरवार्ड जितेका थिए। मेस्सी, भान डाइक र रोनाल्डो फिफा बर्ष खेलाडी अवार्डको पनि दौडमा छन्।

Featured