देश

नेपालमा आत्महत्याको दरमा वृद्धि, दिनहुँ १५–१६ आत्महत्या

प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७३/७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर वृद्धि भइरहेको छ। २०७३ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए। आव २०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे। त्यो संख्या आव २०७५/७६ मा त्यो संख्इा ५ हजार ७५८ पुग्यो।

प्रहरीका अनुसार दैनिक १५ देखि १६ जनाले आत्महत्या गर्ने गरेका छन्। आपराधिक क्रियाकलापका कारण हुने कुल मृत्युमध्ये ४६ प्रतिशत घटना आत्महत्याबाट हुने गरेको प्रहरीको भनाइ छ।

यसमध्ये १८ वर्ष मुनिका ८ प्रतिशत, १९देखि ४० वर्षका ५६ प्रतिशत, ४१ देखि ६० वर्षका २९ प्रतिशत र ६० वर्षमाथिका ७ प्रतिशत रहेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

Featured