देश

स्थानीय तहमा बेथितिः प्रमुख–उपप्रमुख घम्साघम्सी, जहाँ ज्यानै गयो

काठमाडौं, भदौ २४-सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ, केहीको बोलचाल बन्द छ। केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन्।

बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो।

जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन्।

जहाँ ज्यानै गयोः

धनुषा हंसपुर नगरपालिकाका प्रमुख–उपप्रमुख विवादले एक निर्दोषको ज्यान गएको छ। साउन २१ गते नगरपालिका कार्यालय सार्ने विषयमा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षबीच झडप हुँदा बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा भदौ १८ गते मण्डलको मृत्यु भयो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

Featured