खेलकुद देश

कार्टिङ च्याम्पियनशिपमा सुनिताले जितिन् बाइकिङ रेस

काठमाडौं, भदौ २३-भनिन्छ मन देखि मेहिनत गर्यो भने आफुले चाहेको कुरामा सफलता हात पार्न सकिन्छ। यसतै आफ्नो मेहिनत र परिश्रमले नेपालकी एक चेली सुनिता देशारले बेङलोरमा भइरहेको जेके टायर एफएमएससीआई नेशनल कार्टिङ च्याम्पियनशिपमा गर्ल्स सियालोम बाइकिङतर्फ विजय हात पारेकी छिन्।

उक्त च्याम्पियनशिपमा नेपालबाट नितु श्रेष्ठ, सुनिता देशार, आयुषा शाक्य, आकृति बेलवासे र दीक्षा गौतम सहभागी छन्।

नेपाली टोलीको सहयोगीका रुपमा निरज खड्का र टेक्निकल सुपरभाइजर इन्जिनियर सरोज खड्का पनि च्याम्पियनशिपमा सहभागी रहेका छन्।

उक्त च्याम्पियनशिपलाई एफआईए वुमन्स मोटरस्पोर्टले सहयोग गरेको छ।

Featured