देश

गौरादह र बिर्तामोडमा गराइएको बम विस्फोटको जिम्मा विप्लव समुहले लियो

झापा, भदौ २३–झापाको गौरादह र बिर्तामोडमा गराइएको बम विस्फोट घटनाको जिम्मेवारी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला सेक्रेटरी मनिषले पत्रकारलाई फोन गर्दै बम विस्फोट गराएको घटनाको जिम्मेवारी लिएका हुन् ।

जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि, कर्मचारी र सहकारीका व्यक्तिलाई जनताकै माग अनुसार कारबाही स्वरूप गौरादह नगरपालिकाको गाडी र बिर्तामोडको सहारा नेपाल सहकारी संस्थाको भवनलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला सेक्रेटरी मनिषले पत्रकारलाई बताएका छन् ।

विप्लव नेतृत्वको नेकपाले आइतबार मध्यरातमा गराएको बम विस्फोटबाट प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ भने सहकारी संस्थाको नवनिर्मित भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ । यता प्रहरीले बम विस्फोट गराएको आशंकामा दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । उनीहरूको नाम प्रहरीले खुलाएको छैन ।

Featured