काठमाडौं, भदौ २३-नेपालमा पहिलोपटक आयोजना हुन लागेको महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग असोज अन्तिम साताबाट हुने भएको छ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले सोमबार प्रेस विज्ञप्ति निकाल्दै वुमन्स च्याम्पियन्स लिग असोज २९ देखि कात्तिक ७ गतेसम्म हुने जनाएको छ।
प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहनेछ। आयोजकले सहभागी ५ टोलीको नाम र मार्की खेलाडीको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ।
पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन्।
पाँचै टिमका मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्यहरु रहेका छन्।
प्रतिक्रिया दिनुहोस