देश

नागढुंगाबाट ४७ ग्राम ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं, भदौ २३-प्रहरीले काठमाडौँको नागढुंगाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

आइतबार महानगरीय प्रहरी प्रभाग नागढुंगाले ४७.७ ग्राम लागुऔषध ब्राउनसुगर इलामका कञ्चन प्रधानलाई पक्राउ गरेको हो।

काकरभित्ताबाट काठमाडौँ आउँदै गरेको ना७ ख १०५५ नम्बरको यात्रुबाहक सवारी साधन चेकजाँच चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकजाँचका क्रममा प्रहरीले लुकाइछिपाई ल्याएको सो परिणामको ब्राउनसुगरहित घिमिरेलाई पक्राउ गरेको छ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Featured