खेलकुद देश

साफ यु–१८ च्याम्पियनसिपका लागि नेपाली यु–१८ टोली अभ्यास क्याम्पका लागि पोखरातर्फ

काठमाडौं, भदौ २३-यहि सेप्टेम्बर २० देखि २९ तारीखसम्म नेपालमा आयोजना हुन गईरहेको साफ यु–१८ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली यु–१८ टोलीले पोखरामा अभ्यास क्याम्प सञ्चालन गर्ने भएको छ। टोलीका व्यवस्थाक तथा एन्फाका कार्यसमिति सदस्य रुपेश अधिकारीका अनुसार यु–१८ टोलीले पोखरामा एक साता लामो क्याम्पमा आफूलाइृ व्यस्त बनाउने छन्।

साफ यु–१८ च्याम्पियनसिपतर्फ नेपाल, भुटान र माल्दिभ्ससँगै समूह ए मा परेको छ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो। त्यस्तै समूह बी मा बंगलादेश, भारत र श्रीलंका रहेका छन्।

प्रतियोगिताको सबै खेलहरु हल्चोक स्थित एपिएफ स्टेडियममा हुनेछन्। प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्ने छन्।

Featured