देश

उत्तर तर्फ सर्दै छ मनसुनी रेखा, बुधबारदेखि भारी वर्षा हुने सम्भावना

काठमाडौं, भदौ २३-पछिल्लो केही दिन कम भएको वर्षा बुधबार देखि पुनः बढ्ने सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने मौसमी प्रणाली) उत्तर (नेपाल) तर्फ बढिरहेकाले बुधबारदेखि भारी वर्षा हुने सम्भावना देखिएको हो।

महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा (एक्सिस अफ द मनसुन ट्रफ) औसत स्थानको आसपासमा अवस्थित छ र यो रेखा केही उत्तरतर्फ सर्दै जाने देखिन्छ।

‘पर्सि यो रेखा थोरै उत्तर सर्ने देखिन्छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘जसले नेपालमा वर्षा बढाउनेछ।’

Featured