देश सूचना/ प्रबिधि

मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा, रासस, भदौ २३-आफ्नै सहकर्मी कुटेको आरोपमा चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ परेका छन्। छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले लुइँटेललाई पक्राउ गरको हो।

लुइँटेलले असार ३० गते मादक पदार्थ सेवन गरी चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए।

मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई पटक पटक कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताए।

Featured