देश

छठ पर्वको अवसरमा ‘लभ डायरिज’

काठमाडौं, भदौ २२–आगामी ३ असोजमा रिलिज हुने भनिएको चलचित्र ‘लभ डायरिज’ रिलिज मिति सरेको छ । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुबिना थापालगायतको अभिनय रहेको चलचित्रले नयाँ रिलिज मिति तय गरेको छ । चलचित्र निर्माण पक्षले छठ पर्वको अवसर पारेर १५ कात्तिकलाई नयाँ रिलिज डेट तोकेको छ ।

सौरभ चौधरीले निर्देशन गरेको चलचित्रको एक रोमान्टिक गीत पनि सार्वजनिक भइसकेको छ । मधु बास्तोलाको कथा पटकथा रहेको चलचित्रमा सम्पादक साहिल खानले सह–निर्देशन गरेका हु्न् । चलचित्रको निर्माता विनोद सापकोटा हुन् ।

Featured