देश

अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास मुलुक भित्रैबाटै : अर्थमन्त्री खतिवडा

काठमाडौं, भदौ २२–अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास मुलुक भित्रैबाट भएको भन्दै दुःख व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ नाफिजको दशौं वार्षिकोत्सबको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारको चामल नबिकेको र हल्ला गर्नेहरुको पिठो बिक्ने अवस्था बनेको बताए।

अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुदै पनि सरकार बिरद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिसहरु परिचालित भएको कुरा सरकारले महसुस गरेकेो उनले बताए। ‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तराष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको पाईएको छ,’ खतिवडाले भने।

Featured