देश

संविधान दिवसमा छातीमा झण्डा, घरघरमा दीपावली

काठमाडौं, भदौ २२–नेपाल सरकारले संविधान दिवस हर्षोल्लासका साथ मनाउन आह्वान गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै घरघरमा राष्ट्रिय झण्डा फहराउन आग्रह गरेको छ । संविधान दिवसमा घरघरमा दीपावली गरेर राष्ट्रिय पर्वलाई उल्लासमय रूपमा मनाउन सबैलाई अग्रह गरिएको छ ।

गृह मन्त्रायले संविधान दिवस तथा राष्ट्रिय दिवसमा लगाउन राष्ट्रिय झण्डा मुटुमा पर्ने गरी राखिएको टिसर्टको नमुना सार्वजनिक गरेको छ । यही टिसर्ट लगाएर राष्ट्रिय दिवसहरूलाई उल्लासमय बनाउन पनि सरकारले आह्वान गरेको छ ।

Featured