देश

सरकारको हेपाइमा १ लाख ५६ हजार लागूऔषध दुर्व्यसनी

काठमाडौं, भदौ २२–सरकारले पुनर्स्थापना केन्द्र बनाएर उपचार गर्न नसक्दा देशका विभिन्न भागमा कष्टकर जीवन भोग्न बाध्य १ लाख ५६ हजार लागूऔषध दुर्व्यसनीहरू हेपाइमा परेका छन्। विभिन्न कारणले दुर्व्यसन अँगाल्न पुगेका उनीहरूको समयमै उपचार र पुनर्स्थापना हुन नसक्दा जीवन नै संकटमा पर्ने गरेको छ।

दुर्व्यसनमा परेकाहरूको परिवार, समाज र सरोकारवाला समेतमा गम्भीर असर परिरहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन्। गृह मन्त्रालयका सहसचिव एवं मुख्य औषध नियन्त्रण अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले लागूऔषध दुर्व्यसनविरुद्ध प्रभावकारी र सशक्त अभियान थाल्नुपर्ने बताए। उनले लागूऔषध दुव्र्यसन सुखी र समृद्ध नेपाल निर्माणको बाधकसमेत भएको बताए लागूऔषध दुव्र्यसन गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको अधिकारीहरूको अनुमान छ।

Featured