देश

एकदिने बिमा अभिमुखिकरण सम्पन्न

इटहरी, भदौ २१–मानव जीवनमा बिमाको महत्व र फाइदा बारे सर्वसाधरणहरूलाई जानकारी गराउने उद्देश्यले सुनसरीको इटहरीमा प्रदेश एकका १४ जिल्लामा रहेका शाखाका प्रबन्धक तथा कर्मचारीहरूलाई सानिमा लाइफ इन्स्योरेन्सले एकदिने बिमा अभिमुखिकरण सम्पन्न गरेको छ ।

शाखा कार्यालयहरूका कर्मचारीहरूमार्फत जिल्लाका ग्रामिण भेगहरूमा बिमाको महत्व तथा फाइदाबारे सर्वसाधरणहरूलाई जनचेतना जगाउन एकदिने अभिमुखिकरण सम्पन्न गरिएको हो ।

नजिकिएको हिन्दु नेपालीहरूको महान पर्व बडा दशै एवम दिपावलीको अवसरमा सानीमाले ल्याएको बिभिन्न अफरहरूको जानकारी र बैकको पहँुच नपुगेका प्रदेशका ग्रामिण भेगहरूमा जिवन बिमा बारे जनचेतना जगाउन प्रदेश १ का १४ वटै जिल्लाबाट शाखा प्रबन्धकहरूको भेला गरिएको सानीमा लाइफ इन्स्योरेन्सका प्रदेश एक प्रबन्धक राजन निरौलाले बताए । कार्यक्रममा इन्स्योरेन्सका नायव महाँ प्रबन्धक चुडामणी चापागाई , कर्पाेरेड हेड गुणराज श्रेष्ठ, इटहरी शाखा प्रबन्धक सन्तोष भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

Featured