देश

नेपालको आर्थिक विकासमा लगानि गर्न अध्यक्ष प्रचण्डको आग्रह

e08f/L / cfl>tsf] :d[lt lbj; dbg e08f/L / hLj/fh cfl>tsf] @%cf}F :d[lt lbj;sf cj;/df laxLaf/ dbggu/ aNv'df Pdfn]åf/f cfof]lht sfo{qmddf dGtJo JoQm ub}{ g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn . tl:a/ M gljg kf}8]n, /f;;

काठमाडौँ, भदौ २१–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनिया व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । चिनिया दुतावासले शनिबार राजधानीमा गरेको नेपाल चीन व्यापारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीमैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आव्हान गरेकान हुन् ।

राजनीतिक स्थायित्वसँगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनिया सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए ।

उनले नेपाल सधैं एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनियाविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता पनि दोहोर्याए । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चिनको राजकिय भ्रमणको प्रतिफलनै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको पनि उनले स्पष्ट पारे ।

कार्यक्रममा उपराराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा चीनका लागि नेपालका राजदुत लिलामणि पौडेलले पछिल्लो समय नेपाल चीन बीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनतरका सम्बन्धहरु विस्तार हुँदै गएको बताए । कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु, व्यवसायीहरु सहभागी छन् ।

Featured