देश

चितवनमा सुनिए कवि नगरकोटी

काठमाडौं, भदौ २१–शनिबार कवि नरेन्द्रकुमार नगरकोटीको एकल कविता वाचन चितवनमा सम्पन्न भएको छ । ‘चियासँग कविता’को ४८औ श्रृङ्खलामा प्रस्तुत भएका कवि नगरकोटीले आफ्ना एक दर्जन कविता सुनाए ।

कार्यक्रममा नगरकोटीको यसै महिना प्रकाशित कविता संग्रह ‘सन्नाटाको लय’माथि अन्तरक्रियासमेत गरिएको थियो । होटल ग्लोबलमा आयोजित कार्यक्रममा भरतपुर आसपासका स्रष्टा र काव्यप्रेमीको उपस्थिति थियो । ‘चियासँग कविता’ कार्यक्रम प्रत्येक महिनाको शनिबार चितवनमा रहेका साहित्यकारहरूको जमघट हुने माध्यम बनेको छ । शाब्दिक बुक्सले प्रकाशित गरेको कवितासंग्रह सन्नाटाको लयमा नगरकोटीका अढाइ दर्जन कविता संग्रहित छन् ।

Featured