देश

सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि

इनरूवा, भदौ २१–सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०७५र७६ मा ११ हजार ८५५.१ मेट्रिक टन मासु उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको तथ्यांकले जनाएको छ । सुनसरीमा आव २०७४र७५ मा ११ हजार ६६६.४९ मेट्रिक टन मासु उत्पादन भएको थियो ।

जिल्लामा कृषकको आकर्षण माछा र पशुपक्षीपालनतर्फ बढेसँगै माछा र मासुको उत्पादनमा समेत वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका सूचना अधिकारी केशव श्रेष्ठले बताए । सु्नसरीमा आव २०७४र७५ मा खसी, बोकाको २ हजार ३७० मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५र७६ मा दुई हजार ३७८.४ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्यांकले जनाएको छ ।

त्यसैगरी आव २०७४र७५ मा राँगाको ६ हजार २७९ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५र७६ मा ६ हजार २८५ मेट्रिक टन रागाको मासु उत्पादन भएको कार्यालयले जनाएको छ । आव २०७४र७५ मा बंगुरको ९९० मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५र७६ मा १ हजार मेट्रिक टन मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए ।

त्यसैगरी आव २०७४र७५ मा कुखुराको १ हजार ४४ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७५र७६ मा एक हजार १९७ मेट्रिक टन कुखुराको मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए ।

त्यसैगरी आव २०७४र७५ मा भेंडाको १.५१५ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५र७६ मा १.५१५ मेट्रिक टन भेंडाको मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । आव २०७४र७५ मा हाँसको ०.७८ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५र७६ मा तीन मेट्रिक टन हाँसको मासु उत्पादन भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

त्यसैगरी आव २०७४र७५ मा परेवाको ०.१९५ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५र७६ मा ०.१९५ मेट्रिक टन परेवाको मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । सुनसरीमा एक वर्षको अवधिमा ९९० मेट्रिक टन माछा उत्पादन भएको छ । जिल्लामा आव २०७४र७५ माछा ९८१ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०७५र७६ मा ९९० मेट्रिक टन माछा उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । (रासस)

Featured