विदेश

भारतको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुनुअघि सम्पर्कहीन

एजेन्सी, भदौ २१–भारतको चन्द्रयान(२ को चन्द्रमामा अवतरण गर्न केही समयमात्र बाँकी रहँदा सम्पर्क टुटेको छ। भारतको महत्वाकांक्षी अन्तरीक्ष अभियान चन्द्रयान( २ को विक्रम ल्याण्डर चन्द्रमामा पुग्न केही समय बाँकी रहँदा सम्पर्क टुटेको हो । भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष शिवनले चन्द्रयान २ को असफलतापछि भने, ‘विक्रम ल्याण्डर पूर्वयोजना अनुसार नै अवतरणको क्रममा थियो, सहतको २.१ किलोमिटरसम्म सबै सामान्य थियो तर त्यसपछि इसरोसँगको सम्पर्क टुटेको हो । हामी डेटाको समिक्षा गरिरहेका छौं ।’

विक्रमको भारतीय समय अनुसार राति १ः३०देखि २ः३० बजेको बीच चन्द्रमाको सतहमा अतवरण गर्नुपर्ने थियो। भातरीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए । प्रधानमन्त्रीसहित वैज्ञानिकहरु इसरो केन्द्रबाट चन्द्रयान(२ को अवलोकन गरिरहेका बेला अन्तिम क्षणमा तनावको अवस्था सिर्जना भयो र वैज्ञानिकहरुको अनुहारमा चिन्ता उत्पन्न भयो ।

केही समयपछि इसरोका अध्यक्ष प्रधानमन्त्री मोदी नजिक गए र अवतरण असफल भएको जानकारी दिए । प्रधानमन्त्री मोदी फर्किन लाग्दा इसरोका पूर्वअध्यक्ष के कस्तुरीरंगन र के राधाकृष्णनले उनको काँधमा हात राखेर सान्त्वना दिएका थिए ।

त्यसको केही समयपछि इसरोका अध्यक्षले वक्तव्य जारी गरेर इसरोसँग सम्पर्क टुटेको जानकारी दिएका हुन् । त्यसपछि प्रधानमन्त्री मोदी वैज्ञानिक सामू गए र उनले हौसला बढाउँदै भने, ’जीवनमा उतार चढाव आउँछन्। सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ । प्राप्त भएको उपलब्धी पनि सानो होइन । देशले तपाईँहरुसँग गर्व गरेको छ । यो अभियानले धेरै कुरा सिकाएको पनि छ । मेरोतर्फबाट तपाईहरुलाई सबैलाई धेरै धेरै बधाई ।’

Featured