देश

टान अध्यक्षमा सुवेदी, महासचिवमा लामा निर्वा्चित

काठमाडौं, भदौ २१–ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा सुवेदीले अञ्जान थापा (कुमार) लाई पराजित गरेका हुन्। सुवेदीले ५२१ र थापाले ४३८ मत पाएको निर्वाचन समितिले जनाएको छ। एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो।

महासचिवमा सरिता लामा विजयी भइन् । उनले कर्मा शेर्पालाई १३ मतले पराजित गरिन्। वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा दामोदर ढकाल निर्वा्चित भएका छन्। त्यस्तै, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ र महिला सदस्यमा ङिमा दिकी शेर्पा निर्वा्चित भएका छन्। कार्यसमिति सदस्यमा ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ, सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।

Featured