देश

सरकारले विज्ञलाई सहसचिव र उपसचिव बनाउन सक्ने गरी कानुन बन्ने

काठमाडौं, भदौ २०–प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञलाई सहसचिव र उपसचिव बनाउनसक्ने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । शुक्रबार समिति बैठकले संघीय निजामती सेवाको गठनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था राख्ने निर्णय गरेको हो ।

‘सरकारले आवश्यकता हेरेर विज्ञलाई सहसचिव र उपसचिव बनाउन सक्ने गरी व्यवस्था विधेयकमा राख्ने निर्णय भएको छ,’ समिति सदस्य पम्फा भुसालले भनिन्, ‘तर, विषयप्रतिको विशेषज्ञता हेरी लोक सेवामार्फत प्रतिस्पर्धा गराएर ल्याउने कुरा हो ।

Featured