देश

आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु : मन्त्री भट्टराई

काठमाडौँ, भदौ २०–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन् । शुक्रबार ाठमाडौँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्रि भट्टराईले देश भित्र संचालनमा रहेका सबै बिमानस्थलमा यसैगरि सेवा थपिदै जाने बताएका हुन् ।

काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागु हुने उनले. बताए । मन्त्री भट्टराईले सरकार नागरिकलाई सेवा सुबिधा दिन सधै तयार रहेको बताउदै आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताए ।

शुक्रबारबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहिको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यस अघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकटसंगै सामानमा लगाएको ट्यागको नं सोधेर सामान जिम्मा लगाउथे । अब यो सबै झन्झट हटेको छ ।

Featured