देश

सुनको मूल्यमा गिरावट, १४ सयले घट्यो सुनको मूल्य

काठमाडौं, भदौ २०-आज सुनको मूल्य घटेको छ।

सुन तोलामा एक हजार ४ सय रुपैयाँले घटेर ७२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Featured