देश

यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर

काठमाडौं, भदौ २०-आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३१ पैसा रहेको छ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ।