देश

आफ्ना शब्दहरुमा सांसदहरुबीच मतान्तर

काठमाडौँ, भदौ १९–संसदीय समितिहरुमा आफ्ना शब्दहरुमा सांसदहरुबीच मतान्तर देखिने गरेको छ । संसदीय समितिमा छलफलमा रहेका बिधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफुले चाहेको शब्द राख्नु पर्ने अडान पनि राख्ने चलनले मतान्तर देखिने गरेको हो । आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो देखियो । समितिमा संघिय निजामती सेवा सम्बन्धि मूल बिधेयकमा दफाबार छलफल चलिरहेको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावल र नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको धारणामा मतान्तर जस्तो देखिएको हो । दुवै सांसदले ब्यक्त गर्नु भएको बिचारको अन्तर्य एउटै हो तर आफुले प्रयोग गरेको शब्द नै विधेयकमा राख्नु पर्ने अडान देखियो । दुवैजना सांसदले राखेको विचार ऐनको प्रस्तावनामा केके कुरा राख्ने भन्नेमा केन्द्रित थियो ।

Featured